काठमाडौं । बुधबार पनि सेयर बजार परिसूचक ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिन पनि उच्च अंकले घटेको बजार आज सामान्य अंकले घटेर बन्द भएको हो ।
बुधबारको सेयर बजार बन्द हुँदा परिसूचक ४ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २५७६ दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । ७ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले घटेर ४५९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये बैंकिङ र निर्जीव बीमा उपसमूह बाहेक सबै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज साढे ५ अर्बभन्दा केही बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ८० हजार ३७८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।











समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज