काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
आज सुन तोलाको १ हजार ३०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९९५ रुपैयाँ रहेको थियो ।