
काठमाडौं । बजारमा खाना बनाउने ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि भोलिदेखि बजारमा आधा सिलिन्डर भरेको ग्यास पाइने भएको छ। नेपाल आयल निगमले २९ फागुन २०८२ (भोलि) देखि अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्यमा बिक्री वितरण गर्ने निर्णय गरेको हो। बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले अस्थायी व्यवस्था लागु गरेको हो।
निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहे पनि पछिल्ला दुई/तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको छ। निगमले आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको हो। साथै उपभोक्तालाई अनावश्यक रुपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न निगमले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो