सनुचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । पछिल्ला दिनहरुमा लगातार रुपमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य ५ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी १४० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ५ हजार १५० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार