काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा १.९० अंकले बढेर बजार बन्द भएको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २८१४.२५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.९८ अंकले घटेर ४८१.५८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ८८ कम्पनीका ७८ हजार ८९८ कित्ता सेयर २६४ पटक खरिद बिक्री हुँदा ५ करोड ७६ लाख ३९ हजार १८३ रुपैयाँको कारोबार भएको छ ।