काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर साढे ७७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा ७७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ७० खर्ब २ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रभाव भने ५८ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रहेको छ । पछिल्लो सयम निक्षेप बढीरहेको छ भने कर्जा भने घटी रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरुबाट मात्रै ५१ खर्ब ७२ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सीडी रेसियो ७४.०७ प्रतिशत रहेको छ ।