काठमाडौं । हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएपनि धेरै ठुलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ । समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।