
बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल मौज्दात रहेको छ । यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि भण्डारणमा छ । गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्य भइरहेको छ । कर्णाली प्रदेशका जिल्लाबाट माग भई आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने कार्य गरिरहेको छ । यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रतिक्विन्टल रु ५०० देखि ६०० सम्म मूल्य घटेर आएको खाद्य कम्पनीका प्रमुख लामिछानेले बताए।
उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकाले स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको बताए। कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटमा रहेका खाद्यका डिपोमा अहिले पर्याप्त चामल रहेकाले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परे तत्काल पठाउनेगरी मौज्दात राखिएको लामिछानेको भनाइ छ ।
बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आए पनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार ६२८ मा खरिद गर्नेगरी मूल्य तोकेको थियो ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी