
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २८ गते शनिबार रुपन्देहीको भैरहवा सि.न.पा–८ स्थित एशियन बुद्ध होटलमा बिहान १० बजे ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरूलाई गाभ्ने वा संस्थाहरूसंग गाभिने, गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती गर्ने÷प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । त्यस्तै संस्थापकतर्फको सेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको सेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव र नियमावलीको परिच्छेद ४ को नियम २९ (२) को संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ ।
साथै संस्थापक समुहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा १ जना संचालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने तथा बाँकी अवधिको लागि निर्वाचित गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि यही चैत १६ गते १ दिन कम्पनीले बूक क्लोज गर्ने निर्णय पनि गरेको छ । सो अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत १५ गतेसम्म कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू