
काठमाडौं । याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो।
यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो। याङ्गोले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि लचिलो आम्दानीको अवसर सिर्जना गर्दै आएको छ।
याङ्गो प्रो प्लेटफर्ममार्फत पार्टनरहरूले एउटै एपबाट ट्याक्सी र डेलिभरी दुवै प्रकारका अर्डर लिन सक्छन्। यसले उनीहरूलाई आफूअनुसार काम छनोट गर्न र आम्दानी बढाउन सहयोग पुर्याउँछ साथै यसमा नयाँ डेलिभरी पार्टनरका लागि सेल्फ–रजिस्ट्रेशन सुविधा पनि उपलब्ध छ।
याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने, “याङ्गा्ेले नेपालमा डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि अवसर विस्तार गर्न र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन स्थानीय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ।” यो कार्यक्रम याङ्गो डेलिभरीका स्थानीय साझेदारहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान