सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।

आज सुन तोलाको ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार