
काठमाडौं । बुधबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन पनि एकल अंकले घटेर कारोबार बन्द भएको बजारमा आज सेयर बजार परिसूचक १४ दशमलव ८८ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६८२ दशमलव १५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९६ अंकले घटेर ४४९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचकको सेयर मूल्य बढको छ भने ३ वटाको घटेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५४ हजार ६२२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।
मिथिला लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि
बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भयो । जम्मा ५४ कम्पनीको सेयर मूल्य बढेको दिन मिथिला लघुवित्तको सेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको छ ।
आज मिथिला लघुवित्तको सेयर मूल्य १७० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.३९ प्रतिशतले बढी हो । त्यस्तै आज गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ७.६९ प्रतिशत अर्थात् ०.७० रुपैयाँले बढेर ९ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ६४ रुपैयाँले बढेर ९४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२४ प्रतिशतले धेरै हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ ।
यो स्टकको सेयर मूल्य ९४ रुपैयाँले बढेर १ हजार ४३७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७ प्रतिशले बढी हो । आज रावा इनर्जीको सेयर मूल्य पनि ३.५६ प्रतिशत अर्थात् ३१ रुपैयाँले बढेर ९०२ रुपैयाँ १० पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने यी हुन शीर्ष ५ कम्पनी
साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । १८२ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, स्वतगंगा हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र मनकामना इन्जिनेरिङ हाइड्रोपावर छन् ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य २१८ रुपैयाँले घटेर २ हजार १५२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.२० प्रतिशतले कम हो । त्यस्तै हिमालयन पार्टनरको सेयर मूल्य पनि ४.५२ प्रतिशत अर्थात् २८ रुपैयाँ ६० पैसाले घटेर ६०४ रुपैयाँ ४० पैसा पुगेको छ ।
आज स्वतगंगा हाइड्रोपावरको सेयर मूल्य २१ रुपैयाँ ५० पैसाले घटेर ४८६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२३ प्रतिशतले कम हो । आज सन्ट्रल फाइनान्सको सेयर मूल्य ४.२० प्रतिशत अर्थात् २४ रुपैयाँ ३० पैसाले घटेर ५५४ रुपैयाँ पुगेको छ । मनकामना इन्जिनेरिङको सेयर मूल्य पनि २४ रुपैयाँले घटेर ५६१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू