काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर पहिलो कारोबार भएको छ । आइतबार सूर्यकुण्डको सेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो ।
सूर्यकुण्डको सेयर गत चैत १२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो ।