
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी उक्त बिक्री केन्द्र स्थापन गरिएको हो ।
मन्थलीका नगर प्रमुख लव श्रेष्ठले एक कार्यक्रमकाबीच केन्द्को शुभारम्भ गरेका हुन् । साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरालगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी संघका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिए । ‘किसानको बारीदेखि तपाईँको थालीसम्म’ भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले केन्द्र सञ्चालनमा ल्याएको हो ।
आगामी दिनमा जिल्लामा उत्पादन भएका सबै कृषिउपज र हस्तकलाका सामग्री राखेर कोसेली घरका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए । साना किसानले उत्पादन गरका तरकारी तथा गेडागुडी यसअघि डोकोमा बोकेर मन्थली बजार घरघरमा पुगी बिक्री गर्नुपर्ने बाध्यता थियो । केन्द्र सञ्चालनमा आएसँगै बजारीकरणको समस्या अन्त्य हुने स्थानीय किसान बताउँछन् ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम