
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन उच्च अंकले बढेको परिसूचक आज भने सामान्य अंकले बढेर कारोबार भएको हो ।
आज सेयर बजार परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा पुगेको हो । आज सेयर बजार कारोबार भएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले बढेर ४५७.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब ८२ करोड माथिको कारोबार भएको छ । आज सेयर ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर १ लाख २ हजार ६४२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै