सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौँमा पनि धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएराति भूकम्प भएको छ । सिन्धुपाल्चोकको नुल्थालाखर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।

यो भूकम्प ४.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए छ ।  भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुश गरिएको थियो। भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुश गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार