
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् । सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तक्र्रियामा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
सभापति थापाले मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न आफूले सर्लाहीबाट उम्मेदवार बनेको बताए । उनले त्यहाँबाट प्रतिनिधित्व गर्दा अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धतासमेत जनाए । सभापति थापाले आगामी पाँच वर्ष मधेसका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने भन्दै सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने धारणा व्यक्त गरे । उनले आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न सबैलाई सचेत गराए ।
सभापति थापाले आफूले जोखिमका साथ नयाँ क्षेत्र रोजेकाले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको उल्लेख गर्दै मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न आग्रह गरे । “पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेर आएको छु । मलाईसमेत पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएको हो”, उनले भने, “निर्वाचनका हकमा पनि जोखिम उठाएको छु । काठमाडौँको क्षेत्र नं ४ को सहजता छोडेर मधेस आएको छु, यो जोखिम पनि सबैको साथले पूरा हुनेछ भन्ने विश्वास छ ।” सभापति थापाले काठमाडाँैं क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको र यहाँको सेवामा पनि सधँै समर्पित रहने बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम