पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आए पनि मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन ।

यो नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । यद्यपि  आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार