
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ १८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २७ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १३ पैसा र बिक्रीदर नौ रूपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा निर्धारण भएको छ । त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १९ रूपैयाँ ९७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता