
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई कारोबार दिन उच्च अंकले बढेको बजार आज भने गिरावट आएको हो ।
आज सेयर बजार परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.०३ प्रतिशत कम हो । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.९७ अंकले घटेर ४५९.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारका १३ उपसूचक मध्ये ११ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने २ वटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब २९ करोड माथिको कारोबार भएको बजारमा आज ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४७ हजार ८५२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह