काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४०० रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो ।