
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) सँगै नाफामा पनि सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफासँगै ईपीएसमा सुधार देखिएको हो ।
चालु आवको पहिलो तीन महिनासम्ममा कम्पनीको नाफामा १३.७३ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा १५ करोड ६५ लाख रुपैयाँ नाफा पु¥याएको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफामा टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४१ करोड ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
गत आवको प्रथम त्रैमाससम्म कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आवमा उक्त रकम १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ । कम्पनीको प्रथम त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६६ करोड ५१ लाख रुपैयाँ र स्पेसल रिजर्भमा ३ अर्ब १ करोेड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा रहेकोमा चालु आवमा बढेर ५८ रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार २२३ रुपैयाँ ५२ पैसा छ ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने