
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात् चैत १८ गते २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३९ दिनको लागि २५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ३९ दिने निक्षेप संकलन उपकरणको आउँदो वैशाख २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सवारी दुर्घटनामा चालककाे मृत्यु
मौलाकाली केबलकारको विशेष साधारणसभा आह्वान
महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट, निर्माण तीव्र गतिमा
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
२२ मेगावाटको सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री