याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि आवेदन परेको थियो ।

मागभन्दा ५.२२ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो। जसमध्ये २१ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरेको हो।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार