काठमाडौं । यो सता नेपाली बजारमा सुनको मूल्य १३ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेको हो ।
चैत २० गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ पुगेको हो । यो साताभर सुनको मूल्य हरेक दिन केही न केही रुपमा बढेको देखिन्छ । महासंघका अनुसार, गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार पुगेको थियो । त्यस्तै, चैत १६ गते सोमबार भने सुनको मूल्यमा गिरवाट आएको देखिन्छ । सो दिन सुनको मूल्य प्रतितोलामा २ हजार ५०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दुई दिन सुनको मूल्य लगातार बढेर कारोबार भयो । त्यस्तै, चैत १७ गते मंगलबार ६ हजार ७०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चैत १८ गते बुधबार पनि सुनको मूल्य बढेको थियो ।
उक्त दिन ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको थियो । चैत १९ गते बिहीबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन ३ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने सुनको मूल्य स्थिर देखिएको छ । सुन व्यवसायीका अनुसार, पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्दै गएको हो ।