८३.३३ अंकले बढ्यो नेप्से,आठ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेको छ । बजार २७६०.०२ विन्दुमा पुगेर बन्द भएको  छ । ३४५ वटा कम्पनीको १ लाख २४ हजार ०९३ पटक्को कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८४५ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ पुगेको छ । आइतबार को तुलनामा कारोबार रकम १ अर्ब ४५ करोड २१ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख रुपैयाव थियो ।

यस दिन, सेन्सेटिभ इण्डेक्स १४.३० अकं बढेको छ भने फ्लोट इण्डेक्स ६.०१ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ५.०३ अंक बढेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ३.१८ प्रतिशतले,विकास बैंक ३.६३, वित्त ४.०३, होटल्स तथा पर्यटन समूह ३.२४, जलविद्युत ४.५९, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन र प्रशोधन १.५३, लघुवित्त २.४३, म्युअुचल फण्ड १.४० निर्जीवन बीमा २.९४, अन्य समूह २.३६ र व्यापार समूह २.४० प्रतिशतले बढेका छन्।

यस दिन ८ वटा सेयरको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको  सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा पहिलोमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। सो कम्पनीको यस दिन  १ अर्ब १३ करोड ५८ लाख रुपेयाँ पुगेको छ । त्यस्तै,  हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार