काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।