
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।
ऋणपत्रको बोलकबोल चैत २५ गते हुने तय गरिएको छ भने चैत २६ गतेदेखि निष्कासन गरिने जनाइएको छ।
कार्यालयका अनुसार इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै सर्वसाधारण नेपाली नागरिकले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।
सरकारले आन्तरिक ऋण परिचालनमार्फत स्रोत व्यवस्थापन गर्ने उद्देश्यले समय–समयमा यस्ता विकास ऋणपत्र जारी गर्दै आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह