
काठमाडौं । मोदी इनर्जी लिमिटेडको विभिन्न समूहका सेयरधनीहरूको सेयरमा लगाइएको ‘लक–इन’ अवधि आगामी वैशाख ३० गते समाप्त हुने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल २ करोड ९० लाख कित्ता सेयरमध्ये केही समूहका सेयर निश्चित अवधिसम्म बेचबिखन गर्न नपाइने गरी ‘लक–इन’मा राखिएको थियो । अब सो अवधि पूरा हुन लागेको कम्पनीले जनाएको छ ।
लक–इनमा राखिएका सेयरमध्ये संस्थापक सेयरधनीहरूको २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीहरूको ७६ हजार ७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ८ लाख ४ हजार ३९० कित्ता सेयर रहेका छन्। यसरी कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो ।
उक्त सेयरको लक–इन अवधि आउँदो वैशाख ३० गते समाप्त हुनेछ । सो मितिपछि सम्बन्धित सेयरधनीहरूले आफ्नो सेयर कारोबार गर्न सक्नेछन् । यद्यपि कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सेयर भने प्रचलित नियमअनुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै