फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा, सेयर संरचना परिवर्तन गरिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा आगामी वैशाख २१ गते बोलाएको छ । सञ्चालक समितिको चैत २६ गते बसेको बैठकले बिहान ११ बजे सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा सभा बस्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी पूँजी वृद्धि योजनाका साथै हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापकतर्फबाट १० प्रतिशत घटाएर नयाँ संरचना ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण कायम गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावली संशोधन, नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई दिने तथा अन्य “घ” वर्गका वित्तीय संस्थासँग गाभ्ने÷प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउने विषय पनि सभामा निर्णयका लागि राखिएको छ ।

सभामा सहभागी हुनका लागि वैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई नियमानुसार सेयर नामसारी भइसकेका सेयरधनीहरू योग्य हुनेछन् । यसका लागि वैशाख ७ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) रहनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार