
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आम्दानीमा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससिकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आम्दानीमा गिरावट देखिएको हो ।
वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । आम्दानी घटेपनि समीक्षा अवधिमा कम्पनीको नोक्सानी समेत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले खर्च घटाएसँगै नोक्सानी घट्न पुगेको हो ।
पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा रहेको छ। ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी २० करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।












समाचार
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो