
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री भएको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते उक्त लिलाम सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता सेयर पहिलोचोटी गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्ने गरी बोलपत्र आह्वान गर्दा साविकका संस्थापक सेयरधनीहरूबाट निवेदन परेको थिएन ।
संस्थापक सेयधरनीहरूबाट निवेदन प्राप्त नभएपछि कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारण सहित सबैले खरीद गर्न पाउने निर्णय गरी दोस्रोपटक असार २५ गतेदेखि साउन १ गतेसम्म बोलपत्र आह्वान गरेको थियो ।
उक्त अवधिभर शेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू साउन ७ गते खोली आवश्यक रुजू गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम, निर्देशिकाको अधीनमा रही साउन १२ गते बाँडफाँड गरिएको हो । बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ११२.६० रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना