काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स र कालिका लघुवित्तको बोन्स सेयर सूचीकृत भएको छ । जसमध्ये, शिखर इन्स्योरेन्सको १७ लाख ८४ हजार ६८८ कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिएको थियो ।
त्यस्तै, कालिका लघुवित्तको ४ लाख ७ हजार ६९२.३०४८ कित्ता सेयर गत वर्ष को नाफा बाट १० प्रतिशत बोनस सेयर दिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।