एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड–इ को आकार रु. १० अर्बका लागि स्वीकृति प्राप्त

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR) रेटिङ्ग [ICRANP] AMC 2+  मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।

कोष प्रवद्र्घक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४९ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।

“एनएमबि सरल बचत फण्ड –इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको Systematic Investment Plan (SIP) अन्तर्गत हाल ५५,००० भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ । योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट मिति २०८२/१२/०८ मा स्वीकृति प्राप्त गरेको छ । योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । SIP मा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार