
बागलुङ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् ।
कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीका साथै सन्तुष्ट पनि मिलिरहेको सापकोटाले बताए । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाए । सापकोटाले विसं २०७६ देखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गरेका थिए । उनले पशुपालन र सुन्तला खेतीमा गरी करिब रु एक करोड लगानी गरेको सुनाए ।
“उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले”, सापकोटाले भने, “यहीबिचमा बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवासँगै कृषि र पशुपालन गरेर अरूलाई पनि प्रेरणा दिन खोजिरहेको छु ।”हाल सापकोटाले ११ वटा गाई र १३ वटा भैँसी पालिरहनुभएको छ । दैनिक करिब एक सय ५० लिटर दूध उत्पादन भइरहेको र उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै आएको उनले बताए ।
“पशुपालनसँगै पशुवस्तु खरिद–बिक्रीको काम पनि गर्दै आएको छु । मासिक चार लाख ५० हजारको दूध बिक्री हुने गरेको छ भने दाना र कर्मचारीलगायतको खर्च कटाएर दुई लाख बचत हुन्छ । बचत रकमले फलफूल बगैँचा विस्तार गरिरहेको छु”, सापकोटाले भने ।सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाउनुभएको छ । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने उनले बताए ।
मल्चिङ प्रविधिबाट उनले सुन्तला खेती गरेका छन् । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको सापकोटाले बताए । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न गहुँत तथा पानी लिफ्टिङ गरेर करिब दुई सय मिटर माथिसम्म पुर्याएको उनले जानकारी दिए ।
हाल सापकोटाको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । उनले सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । “कोरोनाले एउटा व्यवसाय बन्द गर्नुपर्यो, तर त्यसले अर्को अवसरको ढोका खोल्यो । त्यसैले केही समस्या भएका आत्तिनु हुँदैन । गाउँमा बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ । यही उदाहरण दिन पनि मैले काम गरिरहेको छु”, उनले भने ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू