
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ । शनिबार राति भएको खेलमा कोलकाता २९ रनले विजयी भएको हो ।
इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकाताको जीतमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ९३ रन बनाए । अंगकृष रघुवंशी ४४ बलमा ८२ रनमा अविजित रहे । क्यामरन ग्रीनले २८ बलमा अविजित ५२ रन बनाए ।
कोलकाताले दिएको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले ४ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । गुजरातका कप्तान शुभमन गिलले ४९ बलमा ८५ रन बनाए पनि जिताउन सकेनन् । अंक तालिकामा गुजरात १३ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता १२ खेलमा ११ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछ । अपरान्ह पौने ४ बजे पञ्जाव किङ्गस र रोयल च्यालेन्जर्स बैंग्लुरु खेल्दैछन् । त्यस्तै बेलुका पौने ८ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।













समाचार
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
चार वटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
विश्वकप फुटबल : फ्रान्स सेमिफाइनलमा, एमबाप्पेको गोल गर्ने क्रम जारी