
भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गसहित समग्र पर्यटन क्षेत्रको दिगो विकासका लागि ‘समुदायमा आधारित पर्यटन नीति २०८३’ पारित गरेको छ।
पालिका अध्यक्ष सरोज बस्नेतका अनुसार मुन्दुम पदमार्गसँगै गाउँपालिकाको क्षेत्राधिकारका अन्य पर्यटकीय गन्तव्यको योजनाबद्ध विकास, पूर्वाधार विस्तार र प्रवर्द्धन गरिने छ ।
उनले भने, ‘मुन्दुम पदमार्गसँगै अन्य सम्भावनायुक्त स्थलको पहिचान, संरक्षण र प्रवर्द्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य छ।’ पर्यटनसँग प्रत्यक्ष जोडिएका स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गाउँसभाले ‘स्थानीय मदिरा उत्पादन, बिक्री तथा नियन्त्रणसम्बन्धी विधेयक’ पनि पारित गरेको छ। साना तथा घरेलु उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्न त्यसो गरिएको उनी बताउँछन्।
महिला तथा युवालाई आयआर्जनसँग जोड्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पालिकाले बताएको छ। पालिकाले ‘सिँचाइ विधेयक’ पनि पारित गरेको छ। साथै, पालिकाले चालू आवमा ८७.०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।













समाचार
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
वर्षा नहुँदा रौतहटका खेत बाँझै
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते