
काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ ।
भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतविन्दुबाट ०.०३१५ प्रतिशतविन्दु घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ ।
५ बैंकले घटाए ब्याजदर
भदौ महिनाका लागि कुल ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु र संस्थागतमा ०.५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ। सिटिजन्स बैंकले व्यक्तिगत दर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।
१५ बैंकको ब्याजदर स्थिर
नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेका छन्। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, र ग्लोबल आइएमई बैंकसहित कुल १५ वटा बैंकहरूले साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदरमा कटौतीको रणनीतिलाई नै निरन्तरता दिएका हुन्।












समाचार
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज