
काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार नाफामा भारी गिरावट देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीले ६७ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७.२९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९३ करोड ४३ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष १ अर्ब ४६ करोड ३० लाख रुपैयाँ कुल राजस्व संकलन गरेको कम्पनीले गत वर्ष जम्मा १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको निक्षेपबाट प्राप्त हुने वित्तीय आम्दानी १ अर्ब ३९ करोड ५० लाख रुपैयाँबाट घटेर ९९ करोड १० लाख रुपैयाँमा झरेको छ ।
२४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष घटेर ३ अर्ब १५ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि घटेको छ । अघिल्लो वर्ष ३.८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी हाल २.७३ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११४.१३ रुपैयाँबाट सामान्य घटेर ११२.६५ रुपैयाँ कायम भएको छ ।
नाफा घटे पनि कम्पनीले जलविद्युत आयोजनाहरूमा गर्ने लगानी र कर्जा प्रवाहलाई भने विस्तार गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ मात्र रहेको लोन टु पावर प्रोजेक्ट शीर्षकको कर्जा प्रवाह गत वर्षको असार मसान्तसम्म आइपुग्दा ८ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण