
काठमाडौं । चार वटा कम्पनीले आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आईपीओ जारीको लागि स्वीकृति माग्दै आवेदन दिने कम्पनीमा मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पताल लिमिटेडले रहेका छन् ।
यी कम्पनीले साउन महिनामा आईपीओको लागि आवेदन दिएका हुन् । यी चार कम्पनीहरुले अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासन गर्ने गरी अनुमति माग गरेका हुन । अनुमति माग गरेका कम्पनीमध्ये मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५०० आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
त्यस्तै इन्द्रेणी मसरुम फार्म लिमिटेडले पनि साउन २२ गते आवेदन दिएको छ । यो कम्पनीले ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । मध्यपुर अस्पताल लिमिटेडले २८ लाख आईपीओ निष्कासन गर्न अनुमती माग गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले २४ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन २९ गते आवेदन दिएको हो । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण