
काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा होमिने भएका छन् । आज मनोनयन दर्ताको दिन हो ।
यो चुनावमा पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा छन् । यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले पुनः चुनावमा होमिने निर्णय गरेका छन् । यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा–२ बाट निर्वाचनमा होमिएका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन् । यो क्षेत्रमा गत निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि आफ्नो क्षेत्र छाडिदिएका थिए ।
कांग्रेसबाट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट निर्वाचन लड्दैछन् । यस क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए । अर्का अर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन भने रोल्पामा निर्वाचन लड्दैछन् । उनी तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।
एमालेबाट पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही–२ बाट निर्वाचनमा होमिँदैछन् । पौडेलले यो क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका छन् । उनी गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पटक–पटक गरी उनी ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयमा बिताएका छन् । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि सुनसरी–४ बाट निर्वाचन लड्दैछन् । सुनसरी–४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै उनी विजयी भएका थिए । सोही क्षेत्रमा कार्कीलाई कांग्रेसले पुनः टिकट दिएको हो ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिने तयारीमा छन् । प्रचण्डसँग अलग बनेका उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रुकम पश्चिमबाट उनी चार पटक विजयी भइसकेका छन् ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने