
काठमाडौं । रोजगारीका लागि विदेश जानका लागि ७० हजार भन्दा बढीले श्रम स्वीस्कृति लिएका छन् । पुनः श्रम स्वीकृति सहित साउन महिनामा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमध्ये ६० हजार ४७२ पुरूष र ९ हजार ९६९ महिला छन् । एक महिनाको अवधिमा ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४४२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७१२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
साउनमा सबैभन्दा बढीले यूएईका लागि श्रम स्वीकृति लिएका छन् । एक महिनामा यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै मलेसियाका लागि १२ हजार ४९८, कतार १० हजार ३६० र साउदी अरब जान ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?