साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा आधिकारिक पेमेन्ट पार्टनरको रुपमा  नेपाल इन्भेष्टमेष्ट मेगा बैंकले सहकार्य गरेको छ  ।  साझा यातायताले टिकेटिङ प्रणलि पुर्ण रुपमा डिजिटल बनाएकोको  छ

यस सहकार्यसँगै अब साझा बसका यात्रुहरूले यात्राका दौरान डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था बैखले बनाएको छ । नेपाल इन्बेष्टमेष्ट मेगा बैंकले ट्रान्जिट टिकटिङ प्रणालीलाई व्यवस्थित बनाउन बैंकका पीओएस (POS) मेसिनहरूको प्रयोग गरी कार्ड तथा अन्य डिजिटल माध्यमबाट टिकट जारी तथा भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

साझा यातायातले हालै आफ्नो डिजिटल रूपान्तरण अन्तर्गत आधुनिक कमाण्ड र कन्ट्रोल सेन्टर लगायतका प्रविधिमैत्री सेवाहरू पनि सञ्चालनमा ल्याएको जनाएको छ। यसप्रकारको डिजिटल टिकटिङ प्रणालीले नगदरहित) यात्रालाई प्रवर्द्धन गर्ने विश्वास  लिएको छ  ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर