
दाङ । घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो बुधबार राति एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान ०२:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा