
रूपन्देही । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा वन्यजन्तुको शिकार गर्न चाहने नेपाली नागरिकका लागि शिकार अनुमतिपत्र (लाइसेन्स) लिन सार्वजनिक सूचना जारी गरेको छ । लाइसेन्स प्राप्तसँगै रतुवा मृग,बँदेल,रातो मृग र चित्तल शिकार गर्न कानुनी रूपमा बाटो खुल्ने छ । वन्यजन्तुबाट भइरहेको बाली नोक्सानी तथा मानवीय क्षति कम गर्नको लागि कार्यालय यस्तो प्रक्रिया सुरू गरेको जनाएको छ ।
वन्यजन्तुबाट आक्रान्त बनेका कृषकलाई यो निर्णय कार्यन्वयनसँगै ठूलो राहत मिल्ने छ । डिभिजन वन कार्यालय प्रमुख नारायणदेव भट्टराईले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० तथा प्रचलित कानुनबमोजिम तोकिएको हतियार प्रयोग गरी रतुवा मृग, बँदेल, रातो मृग र चितलको शिकार गर्न अनुमतिपत्र लिन सकिने गरी सूचना जारी गरिएको बताए ।
शिकार अनुमतिपत्र लिन इच्छुक नेपाली नागरिकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ९९१० को अनुसूची–१ बमोजिमको दस्तुर तिरी २०८३ साल भदौ १० गतेभित्र डिभिजन वन कार्यालय अर्घाखाँचीमा निवेदन पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी केसर खड्काले निवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागज पेश गर्नुपर्ने जानाकारी दिए । वन कार्यालयले तोकिएको कानुनी प्रक्रिया पूरा गरेर मात्र शिकार गर्न तथा अनुमतिपत्रबिना वन्यजन्तुको शिकार नगर्नसमेत आग्रह गरेको छ।














समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण