
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा संकलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि ४ हजार ६०० मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा संकलन भएको सो रकम विभिन्न संघ संस्थालाई सहयोग गरिएका हो ।
पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा संकलन भएको ४ लाख ४९ हजार ६४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा संकलन भएको २ लाख ६८ हजार ८८५ र दाताहरुले गरेको १ लाख ३५ हजार विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको जानकारी दिए । ‘गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा ३ लाख १७ हजार ९५५ खर्च भएको थियो’, उनले भने, ‘खर्च कटाएर बेचेको ५ लाख ३४ हजार ५७५ रुपैयाँ विभिन्न संघसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ ।’
पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि २ लाख ५० हजार, पाउद्वार माविलाई ७० हजार, पाउद्वार आमा समूहलाई ४५ हजार, भलिबल खेल कोषमा ३० हजार, टोलविकास समितिलाई २९ हजार ५७५, पुख्र्याैली नृत्य समूहलाई ३० हजार, खयरभारानी युवाक्बलाई २५ हजार, गिबाङ टोललाई २५ हजार, पाउद्वार ढल निकासका लागि २५ हजार र पाउद्वार स्वास्थ्य इकाइका लागि १० हजार रुपैयाँ सहयोग गरिएको तिलिजाले बताए ।
खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको पाठा र साढीको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढ बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ ।













समाचार
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल