
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल : विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छन् । नेकपा एमाले जिल्ला कमिटी दोलखाद्वारा आईतबार काठमाण्डुमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, संघर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्षलाई समेटिएको उल्लेख गरिन् ।
पुस्तकले उनको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गरिन् । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र संघर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन् । पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पुर्याएको योगदान, उनका विचार र नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्याउन सहयोग गर्ने उनको भनाइ थियो ।
पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले जीवनमा आफुले भोगेका दु:ख, कष्ट, राजनीतिक अनुभवका विषयका आधारमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिए । लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।












समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई
अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता