
काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार आज २० दशमलव ६८ अंकले घटेर २७५१ दशमव ४२ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९१ कम्पनीको सेयर मूल्य घट्यो भने ४४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले घटेर ४५९ दशमलव ७६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरवाट आएको छ । अघिल्लो दिन १० अर्ब ९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८७ हजार १५६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
एउटा कम्पनीमा सकारात्मक सर्किट
सोमबार सेयर बजार दोहोरो अंकले घट्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ४४ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशत अर्थात् २२१ रुपैयाँले बढेर २ हजार ४३६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गार्डियन माइक्रो लाइफ, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १६० रुपैयाँ ६० पैसाले बढेर २ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७३ प्रतिशतले बढी हो ।
त्यस्तै आज विन नेपाल लघु वित्तको सेयर मूल्य पनि ८.५३ प्रतिशत अर्थात् २७५ रुपैयाँले बढेर ३ हजार ५०० रुपैयाँ पुगेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि आज ५७ रुपैयाँ ४० पैसाले बढेर १ हजार ९५८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०२ प्रतिशतले धेरै हो । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य २.५६ प्रतिशत अर्थात् ३४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ७० पैसा पुगेको छ ।
यी हुन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी
काठमाडौं । सोमबार सेयर बजार २० अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १९१ वटा कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको दिन सबै भन्दा धेरै सेयर मूल्य उपकार लघुवित्तको घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ६.९८ प्रतिशतले घटेर कारोबार भएको हो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २९१ रुपैयाँले घटेर ३ हजार ८७६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिक्लेस हाइड्रोपावर, आइसीएफसी लिमिटेड डिबेन्चर २०८८, सान्जेन जलविद्युत कम्पनी र माहालक्ष्मी विकास बैंक रहेका छन् ।
आजको कारोबार बन्द हुँदा सिक्लेस हाइड्रोको सेयर मूल्य ७६ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८६ प्रतिशतले कम हो । त्यस्तै आज आइसीएफसी डिबेन्चरको सेयर मूल्य ५३ रुपैयाँ ९० पैसाले घटेर १ हजार ४६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.९० प्रतिशतले कम हो ।
त्यस्तै आज सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशत अर्थात् १४ रुपैयाँले घटेर ३५० रुपैयाँ पुगेको छ । आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य पनि १६ रुपैयाँ १० पैसाले घटेर ४०५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.८२ प्रतिशतले कम हो ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल