
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि एउटा छुट्टै योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे दृष्टान्त सुनाउँदै आगामी २० वर्षभित्र हामी पनि कसरी त्यहाँ पुग्ने भनेर योजना बनाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरु देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ भट्टराईले भने ।
उनले सम्बोधनको क्रममा थप भनेका छन्, ‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौं । त्यसो गरे मात्रै देश बन्छ ।’ त्यस्तै, देशमा राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताए । ‘अब पाठ सिकौं । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भनेका छन् ।













समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता