
बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही ठाउँकै १४ वर्षीया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो।
जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा दुवै किशोरीलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
खोजीकै क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए। मृतक दुवै किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई
अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता